सुनको मूल्य १ लाख ५०० प्रतितोला

काठमाडौँ । सुनको मूल्य एक लाख पाँच सय पुगेको छ । सुनचाँदी बजारमा साताको पहिलो दिन आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५०० मा कारोबार भएको छ ।

पहेँलो धातु भने अघिल्लो दिनको तुलनामा प्रतितोला १ लाख ९०० मा कारोबार भएको थियो । आज प्रतितोला ४०० ले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख ४०० मा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रही प्रतितोला १ हजार ३६० कायम रहेको महासङ्घले जानकारी गराएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९३१ डलरको आसपास कारोबार भइरहेको सुनचाँदी महासङ्घले जानकारी दिएको छ ।