काठमाडौँ महानगर प्रमुखमा सिंहको उम्मेदवारी दर्ता

काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि सत्ता साझेदार दलका तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले काठमाडौँ महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दर्ता गराएकी छन् । आज मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभागृहमा पुगेर उनले प्रमुख पदमा उम्मेदवारी दर्ता गराएको हो ।

उम्मेदवारी दर्ता गराएपछि प्रतिक्रिया दिँदै सिंहले आफूले महानगरभित्रका गृहिणीका लागि भत्ताको व्यवस्था गर्ने भएको बताए । महानगरवासीलाई वडास्तरबाटै निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने, महिलामैत्री काठमाडौँ निर्माण गर्ने र महानगरका महिला तथा युवावर्गलाई रोजगारमूलक तालिमको व्यवस्था गर्ने बताएका छन् ।

त्यसैगरी काठमाडौँ महानगरपालिकाको उपप्रमुखमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले पनि उम्मेदवारी दर्ता गराएको छ ।