हेटौँडा उपमहानगरमा विभिन्न दलहरुको मनोनयन दर्ता

काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा विभिन्न दलहरुले मनोनयन दर्ता गराएका छन् । नेपाली कांग्रेसका राजेश बानियाँले उपप्रमुखमा र गठबन्धनबाट नेकपा एकीकृत समाजवादी की मीनाकुमारी लामाले प्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् ।

दुवै जनाले हेटौँडा उपमहानगरपालिका २ मा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । प्रमुख र उपप्रमुखमा मिलेर मनोनयन दर्ता गराए पनि हेटौँडाको १९ वटै वडामा भने कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रले छुट्टाछुट्टै उम्मेदवारी मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिइएका छन् ।

नेकपा एमाले बाट प्रमुखमा अनन्त पौडेल र उपप्रमुखमा सुमित्रा काफ्ले, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुखमा दीपकबहादुर सिंह र उपप्रमुखमा इन्दिरा न्यौपाने र जसपाबाट प्रमुखमा दिपा लामा र उपप्रमुखमा हरिहर खतिवडाले पनि स्थानीय निर्वाचनको लागी उम्मेदवारी दर्ता गराएका छन् ।