काठमाडौँको माछा पोखरीबाट १६ लाखसहित दुईजना पक्राउ

काठमाडौँ । काठमाडौँको माछा पोखरीबाट स्रोत नखुलेको १६ लाखसहित आज बिहान दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका ११ घर भई हाल तनहुँको बन्दीपुर बस्ने ३१ वर्षीय दीपेन्द्र सुनार र भारत महाराष्ट्र घर बताउने वर्ष ३३ का सागर यादव रहेका छन् ।

उनीहरुलाई सडकमा शङ्कास्पदरुपमा हिडिरहेका अवस्थामा सुरक्षा जाँच गर्दा स्रोत नखुलेको १६ लाख रकम प्रहरीले बरामद गरिएको छ । उनीहरु दुबैजना माथी प्रहरीवृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छन् ।