टिभी हेर्न नपाएपछि हजुरआमाको हत्या

काठमाडौँ । उदयपुरमा टिभी हेर्न नपाएपछि आफ्नै हजुरआमाको हत्या गरेको छ । ममता चौधर्री हजुरआमाको घाँटी थिची हत्या गरेको आरोपमा पक्राउ परेकी छिन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक सन्तोष आर्चायका अनुसार त्रियुगा नगरपालिका १३ बहेडवाकी ६७ वर्षीया सुखनीदेवी चौधरीको घाँटी थिची हत्या गरेको आरोपमो नातिनी २४ वर्षीया ममता चौधरी पक्राउ परेकी बताएका छन् ।

गत चैत्र २३ गते आफ्नै घरमा मृतक सुखनीदेवीको शव शंकास्पद अवस्थामा भेटिएको थियो । प्रहरीले अनुसान्धन गरेर नातिनी ममतालाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको जानकारी गराएको छ । मृतको शवको पोष्टमार्टम बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरेको थियो ।

टेलिभिजन हेर्ने क्रममा हजुरआमा र नातिनीबीच कुराकानी हुँदै जादाँ विवाद उत्पन्न भएको थियो । उनले भने, नातिनी ममताले मृतक हजुरआमा सुखनीदेवीको छात्तिमा लात्तीले हानी भुईमा लडाई घाँटीमा थिची हत्या गरेको बयान दिएकी छिन् । आर्चायका अनुसार मृतकलाई खाटमा सुताई भागेको भन्ने सूचनाबाट अनुसन्धान गरी गएको वैशाख १८ गते पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रहरीको भनाइ रहेको छ।