एक राउण्ड गोली र सालकको खपटा सहित एकजना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका १२ टेकुबाट पेस्तोलमा प्रयोग हुने १ राउण्ड गोली र ९५ ग्राम सालकको खपटा जस्तो देखिने वस्तु सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा पाख्रिबास नगरपालिका ८ घर भएका ५७ वर्षीय मण्डल गिरी रहेका छन् ।

मण्डललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनी बसेको कोठा जाँच गर्ने क्रममा लुकाई राखेको अवस्थामा उक्त गोली र वस्तु सहित फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले जानकारी गराएको छ ।

मण्डललाई थप आवश्यक अनुसन्धा गरिरहेको प्रहरी कार्यालयले जानकारी गराएको छ ।