४ किलो ५ सय ग्राम सालकको खपटा सहित २ जना पक्राउ

काठमाडौँ । करिब ४ किलो ५ सय ग्राम सालकको खपटा अखेटोपहार सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका ३१ शान्तिनगरस्थित युनिभर्सल लन्च एण्ड बारबाट बुधबार दिउँसो प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं थलि बस्ने ओखलढुङ्गा सुनकोशी गाउँपालिका २ घर भएका २१ वर्षीय सुवास बिष्ट र काठमाडौंको चाबहिल बस्ने सर्लाही बाग्मती नगरपालिका ३ घर भएका ३२ वर्षीय सुबिलाल सिङ्तान रहेका छन् ।

उनीहरुले होटलमा अवैध रुपमा दुर्लभ वन्यजन्तु सालकको खपटा कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त नयाबाँनेश्वरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त खपटा सहित फेला पारी दुर्बजनालाई पक्राउ गरेको बताएका छन् ।