किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा साउद पक्राउ

काठमाडौं । कैलालीमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टिकापुर नगरपालिका १ नयाँबस्ती बस्ने ३० वर्षीय दिपेन्द्र साउद रहेका छन् । उनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

साउदले किशोरीलाई गत सोमबार जबरजस्ती करणी गरेको भन्ने खबरको आधारमा ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी गराएको छ । सो घटना सम्बन्धी साउदमाथी प्रहरीले थप अनुसन्धना गरिरहेको जानकारी गराएको छ ।