एक हप्तादेखि भोटखोला सडकखण्ड अवरुद्ध

काठमाडौँ । सङ्खुवासभाको मकालु गाउँपालिका ३ समाटारमा एक सातादेखि सडक अवरुद्ध भएको छ । सुक्खा पहिरोका गएको कारण उत्तरी क्षेत्रको भोटखोलामा सडकखण्ड एक सातादेखि अवरुद्ध भएको छ । उत्तर दक्षिण सडकखण्ड अन्तर्गतको किमाथाङ्का, खाँदबारी सडकमा सुक्खा पहिरोका कारण सडक अबरुद्ध हुँदा निर्वाचनका लागि त्यसक्षेत्र जाने कर्मचारी र यात्रु अलपत्र परेका छन् ।

समाटारमा सुक्खा पहिरो खसेपछि भोटखोला जाने सडकखण्ड एक हप्तादेखि अवरुद्ध भएको उत्तर दक्षिण सडक कार्यालयका प्रमुख इञ्जिनीयर दिपेश रजकले जानकारी दिइएका छन् । उनका अनुसार सुक्खा पहिरो झर्नेक्रम नरोकिएका कारण त्यस क्षेत्रमा स्काभेटर पु¥याएपनि सडकखण्ड खुलाउन समस्या भएको बताइएका छन् ।

भोटखोलाको मकालु गाउँपालिका सुक्खा पहिरो गएपछि नागरिकको आवतजावत र सामान ढुवानी समस्यामा भएको छ । निर्वाचनको समयमा यात्रुको चाप बढिरहेको अहिलेको अवस्थामा पहिरो नरोकिएका कारण यात्रु बाटोमै अलपत्र परेको जानकरी दिएको छ ।