संविधानको रक्षाका लागि गठबन्धनको जित आवश्यक

काठमाडौँ । पाँच दलीय गठबन्धनका शीर्ष नेताले लोकतन्त्र र संविधान रक्षाका लागि गठबन्धनको जित आवश्यक भएको बताएका छन् । उनीहरुले एउटै मञ्चबाट मतदातालाई सम्बोधन गर्दै भनेका छन् । देशमा विभिन्न परिवर्तन भएका ती सबै गठबन्धनकै एकतामा सफल भएको हुँदा अहिलेको चुनावमा पनि गठबन्धनका उम्मेदवारलाई जिताउनोस् ।

स्थानीय तह चुनाव सन्दर्भमा पोखराको अमरसिंहचौरमा आयोजित चुनावी सभामा बोल्दै नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन् । देउवाले मुलुकको स्थायित्व र स्थिरता आवश्यक भएकोले एक भएर गठबन्धनका उम्मेदवारलाई जिताउन सबैलाई आह्वान गरेका छन् ।

केपी शर्मा ओलीको शासनका कारण यो गठबन्धन जन्मिएको भन्दै प्रधानमन्त्री देउवाले इमानदारितापूर्वक मतदान गर्नसमेत आग्रह गरेका छन् । संसदमा विरोध गरेमा ओलीले भंग गरिदिइहाल्ने प्रवृत्तिको विरोधमा यो गठबन्धन बनेको हो । प्रजातन्त्रको खिलाप र गणतन्त्रको विरोधमा लाग्नेविरुद्ध गठबन्धन आवश्यक रहेको प्रधानमन्त्री देउवाको भनाई रहेको छ ।

देउवाले कार्यकर्तालाई सम्झाउँदै भने गठबन्धनलाई शंका उपशंका नगर्नोस्, यसअघि कांग्रेस अवस्था के थियो रु देशको प्रधानमन्त्री, प्रदेशमा मुख्यमन्त्री र मन्त्री बनेका छन् । यो सबै गठबन्धनकै कारण बनेका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा फेरि अर्को राजनीति दुर्घटनाको खतरा रहेको भन्दै त्यसबाट देशलाई जोगाउन गठबन्धन बनेको दाबी गरेका छन् । स्थानीय तहको निर्वाचनमात्र होइन, प्रदेश र संघको चुनावमा पनि गठबन्धन अघि बढ्छ । सबैलाई फाइदा हुने भएकोले दलबीच गठबन्धन बनेको प्रचण्डको भनाई रहेको छ ।

विगतमा कांग्रेस एक्लै चुनाव लड्दा काँग्रेसको अवस्था के भएको थियो, त्यो बुझ्नुपर्ने अवस्था आएको उनले बताए । चण्डले भने नयाँ युगको सुरुआत पनि अहिलेको गठबन्धनबाटै गर्ने संकल्प लिएका छौं । सर्वसम्मत उम्मेदवार छान्ने कुरा सजिलो थिएन । तर, देशको आवश्यकता अनुरुप सफल भयौ ।

नेकपा एकीकृत समाजवादी का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कुनै पनि दलले दम्भ राखे केपी ओलीको हालत हुने दाबी गरेका छन् । उनले भने कहिलेकाही कांग्रेसमा पनि दम्भ हुन्छ । दम्भ राम्रो होइन । त्यही दम्भले केपीको विनास ग¥यो । सबैको शक्ति स्वीकार गर्नुपर्छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको गठबन्धन ओली प्रवृत्ति विरुद्धको गठबन्धन भएकोले देशैभर गठबन्धन पक्षमा माहोल आएको दाबी गरेका छन् ।