भक्तपुरमा लागुऔषधसहित कर्माचार्य पक्राउ

काठमडौँ । भक्तपुरको त्रिपुरासुन्दरीबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भनपा १ दूधपाटी घर भई हाल भक्तपुरको झौखेलमा बस्ने २९ वर्षीय राजु कर्माचार्य रहेको छ ।

पक्राउ परेका राजुसँग प्रहरीले प्रदेश २–०३५प८९६ नंको स्कुटरमा चार थान नोफिन, चार थान फेनारगन र चार थान डाइजेपाम बरामद गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिइएको छ ।

प्रहरी प्रभाग दरबार स्क्वायरबाट खटिएका प्रहरीले कर्माचार्यलाई जाँच गर्ने क्रममा लागुऔषधसहित पक्राउ गरेको प्रहरीले बताए । सो घटनाबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिइएको छ ।