दुई दिन काठमाडौँ र भक्तपुरका प्रशासनिक सेवा प्रभावित हुने

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ र भक्तपुरले स्थानीय तह निर्वाचनका लागि कर्मचारीहरू खटिएकाले वैशाख २८ र २९ गते कार्यालयको सेवा प्रभावित हुने जानकारी गराएको छ ।

स्थानीय तह निर्वाचन २०७९ सम्पन्न गर्नका लागि कार्यालयमा कार्यरत कर्मचारीहरूसमेत खटिएकाले २८ र २९ गते कार्यालयबाट प्रवाह हुने सेवा प्रभावित हुने सबैमा दुवै प्रशासन कार्यालयले जानकारी गराएको छ । वैशाख ३० गते एकै दिन मुलुकका ७५३ वटै स्थानीय तहमा निर्वाचन हुँदैछ ।