स्थानीय तह निर्वाचनको मतदान सकिएसँगै बढ्यो पेट्रोलिय पदार्थको मूल्य

काठमाडौं । स्थानीय तहको निर्वाचन सकिएसँग सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य बृद्धि गरेको छ । नेपाल आयल निगम सञ्चालक समितिको वैठकले शनिवार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बृद्धि गरेको हो ।

अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ । नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।