हुम्लामा सेनाको हेलिकोप्टरमार्फत मतपेटिका संकलन

काठमाडौँ । वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनको मतपेटिका हुम्लामा हेलिकोप्टरमार्फत संकलन गरेको छ । जिल्लाको नाम्खा गाउँपालिका ६ स्थित मतदानस्थलका मतपेटिका आज नेपाली सेनाको हेलिकोप्टरमार्फत याल्वाङ्गस्थित मतगणनास्थलमा ल्याइएको छ ।

उक्त वडाको लिमीस्थित भृकुटी प्रावि जाङ्ग, सुनखानी प्रावि हल्जी र तिल गरी तीन स्थानका मतपेटिका हेलिकोप्टरमार्फत नाम्खाको याल्वाङ्गको निर्वाचन केन्द्र ल्याइएको हो । न्यालु लेकमा हिमपातको कारण ती मतदानस्थलबाट मतपेटिका संकलन गर्न सकिएको थिएन ।

तीन स्थानका मतपेटिका आज नेपाली सेनाको हेलीकप्टरमार्फत नाम्खाको याल्वाङ्गको निर्वाचन केन्द्रमा ल्याइएको मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले जानकारी लिएका छन् । उनका अनुसार संकलित मतपेटिकाको मतगणनाकार्य आजै बेलुकासम्म सुरु गरिने जानकारी छ ।

हुम्लाको दक्षिण भेगमा पर्ने खार्पुङनाथ गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फको उम्मेदवार नेपाली कांग्रेसका कर्णबहादुर रावलले १ हजार ८१० मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका प्रकाशबहादुर शाही १ हजार १८५ मतले पराजित गरेका छन् ।

त्यस्तै उपाध्यक्षमा गठबन्धनकै तर्फबाट नेकपा माओबादका ज्ञानबहादुर सिंह १ हजार ८७१ मतले विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका शक्तिसिंह ऐडीले ८५० ल्याइ पराजित हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिइएको छ ।