काठमाडौं महानगरपालिका वडा नं. १ मा एमालेका उम्मेदवार भरतलाल श्रेष्ठ विजयी

काठमाडौं । स्थानीय तहको निर्वाचनको मत परिणाम सार्वजनिक भईरहँदा काठमाडौं महानगरपालिकामा वडा नं. १ का अध्यक्ष भरतलाल श्रेष्ठ निर्वाचित भएका छन् ।

७६ बर्षिय भरतलाल श्रेष्ठले यस अघि पनि वडा नं. १ को अध्यक्ष पदमा निर्वाचित भएर पाँच वर्षे कार्यकाल सम्पन्न गरिसकेर दोश्रो कार्यकालका लागि उम्मेदवारी दिएका थिए ।

उनले ६ सय २२ मत प्राप्त गरी विजयी भएका हुन । उनका निकटतम् प्रतिद्धन्द्धी नेपाली काग्रेसका किरण श्रेष्ठले ५ सय ९८ मत प्राप्त गरेका थिए । निर्वाचित वडा अध्यक्ष भरतलाल श्रेष्ठ र वडा सदस्य रसला तण्डुकारलाई प्रदेश सांसद राजेश शाक्य बधाई दिन मतगणना स्थल राष्ट्रिय सभागृह पुगेका थिए ।