काठमाडौं महानगरपालिका वडा नं. २ मा एमालेको प्यानलै विजयी

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. २ मा एमालेको प्यानलै विजयी भएको छ । राजेन्द्रकुमार श्रेष्ठको नेतृत्वको पुरै प्यानल वडा नं. २ मा निर्वाचित भएको हो ।

स्थानीय तहको निर्वाचनमा दोश्रो कार्यकालका लागि राजेन्द्रको नेतृत्व विजयी भएको हो । यस अघि पाँच वर्षसम्म राजेन्द्रको नेतृत्वको यही टिमले वडा नं. २ हाँकेको थियो । आगामी पाँच वर्षका लागि राजेन्द्रको समूहले पुन ः निर्वाचित भएको छ ।

कपा एमालेका उम्मेदवार राजेन्द्रले १ हजार ३ सय ७९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी सुर्यलाल महर्जनले ९ सय २७ मत प्राप्त गरेका थिए ।