दाङ कब्जा गर्न प्रमुख दलहरुको यस्तो रणनीति

भन्छन्– दाङलाई प्रदेशको राजधानी बनाउन कसैले रोक्न सक्दैन 

शरद रेग्मी

दाङ– स्थानीय तहको दोस्रो चरणमा असार १४ गते हुने प्रदेश ५ अन्तर्गतको मुख्य शहर दाङमा प्रमुख राजनीतिक दलहरुलाई निकै चर्को रुपमा चुनाव लागेको छ । दुई उपमहानगरपालिका रहेको दाङको स्थानीय तह आफ्नो पक्षमा पार्न दलका नेताहरुले मतदातासँग विभिन्न आश्वासन बाँडिरहेका छन् । बुटवलका मतदातासँग प्रदेशको राजधानी बुटवल बनाउने आश्वासन बाँडेका उनीहरु दाङका मतदातासँग दाङलाई प्रदेशको राजधानी बनाउने सपना बाँडेका छन् ।

दलहरुले आफ्नो शक्ति देखाउँदै प्रदर्शन पनि गरिरहेका छन् । निर्वाचन प्रचारप्रसारको अन्तिम दिन आइतबार सबै भन्दा बढी प्रचारप्रसार देखिएको थियो ।