मकवानपुरमा ९६ किलो ८४० ग्राम लागूऔषध सहित तीन पक्राउ

काठमाडौँ । मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिका ९ चुनियाबाट ९६ किलो ८४० ग्राम अवैध लागूऔषध गाँजा सहित ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही गाउँपालिका २ रिठ्ठेपानी बस्ने ३० वर्षीय अभिषेक लामा, कैलाश गाउँपालिका ९ घैराङ बस्ने ३७ वर्षीय ज्ञान बहादुर गोले र बलमटार बस्ने ४९ वर्षीय चन्द्र लामा रहेका छन् ।

उक्त ठाउँमा ना.२ ह ३५६६ नम्बरको अटोलाई अस्थाई प्रहरी पोष्ट नामटारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटोको सिटमा बोराभित्र लुकाई ल्याएको अवस्थामा उक्त गाँजा फेला पारी अटो चालक अभिषेक सहित ३ जनालाई पक्राउ गरेको प्रहरी कार्यालयले जानकारी गराएको छ । यस सम्बन्धमा उनीहरुलाई थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिइएका छन् ।