वीरका कर्मचारी मुडभरीले पाए ठगीमा सफाई

काठमाडाैँ- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल अन्तर्गत कार्यरत छैटौं तहका कर्मचारी दीपक मुडभरीले सफाइ पाएका छन् ।  उनी सँगै ठगीका आरोपी राजेश कहर, रवि पौडेलले पनि   उच्च अदालत पाटनबाट सोमवार पाएका छन्।

न्यायधिश प्रेमराज कार्की र शेखर पौडेलको सयुक्त इजालसले मुडभरीलाई सफाई दिएको हो । २०७१ माघ २६ गते डा मनोज कुमार शाहले राजेश कहर, रवि पौडेल र दिपक मुडभरी लाई  प्रतिष्ठानको एमडी भर्नामा किर्ते कागज देखाएर रु ६० लाख ठगि गरेको  उजुरी तत्कालिनन हनुमान ढोका प्रहरीमा गरेका थिए ।

तत्कालीन प्रहरी प्रमुख पुस्कर कार्कीले मुडभरि लगायतलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकोमा काठमाडौं जिल्ला अदालत  किर्तेमा सफाइ दिएको र ठगिमा जरिवाना गरेको थियो ।  निर्णय चित्त नबुझेपछि मुडभरी उच्च अदालत गएका थिए । उच्च अदालतले सफाइ दिएको हो।