हवाई आक्रमणमा ४ आईएस लडाकुको मृत्यु

काठमाडौँ । पश्चिमी इराकमा भएको हवाई हमलामा आइतबार इस्लामिक स्टेट आईएस समूहका अन्बार प्रान्त समूहका नेतासहित चार लडाकु मारिएको इराकी सेनाले जानकारी दिइएको छ ।

राजधानी बगदबाट करिब ३ सय ९० किलोमिटर पश्चिममा रुतबा शहर नजिकैको मरुभूमि क्षेत्रमा अन्बारमा अबु मन्सुर उपनाम दिएका आईएस नेता र अन्य तीन जना लडाकुहरूलाई बोकेको ट्रकमा इराकी सशस्त्र सेनाले आक्रमण गरेका थिए।

विज्ञप्तिमा भनिएको छ, सेनाले पछि लक्षित स्थानमा खोजी गर्योम र चार शव, एक नष्ट ट्रक, दुई विस्फोटक बेल्ट, दुई राइफल र एक पेस्तोल फेला पारेको थियो। अबु मन्सुर अल रुत्बा क्षेत्रमा बगदाद अम्मान अन्तरराष्ट्रिय सडकमा नागरिकहरूलाई लक्षित गर्ने जिम्मेवार व्यक्तिहरू मध्ये एक हो । उनले इराक र सिरियामा आईएस समूहमा धेरै पदहरू सम्हालेका मन्त्रालयको गुप्तचर सेवाले जारी गरेको विज्ञप्तिमा जानकारी दिइएको छ ।

सन् २०१७ मा आईएसको पराजयपछि इराकको सुरक्षा स्थितिमा सुधार भइरहेको छ। आईएसका अवशेषहरू शहरी केन्द्रहरू, मरुभूमि र अन्य क्षेत्रहरूमा छिटफुट मात्रामा छन् र सुरक्षा बल र नागरिकहरू विरुद्ध बारम्बार छापामार आक्रमणहरू गर्दै आएका छन् । इराकी सुरक्षा बलहरूले विगत केही महिनादेखि आइएस लडाकुहरूका तीब्र गतिविधिहरूलाई रोक्न लडिरहेका छन्।