बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा गुरुङ पक्राउ

काठमाडौँ । तनहुँमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दे गाउँपालिका ५ थाङ्दी डेरा गरी बस्ने गोरखा चुनमुवी गाउँपालिका ३ घर भएका ४३ वर्षीय चन्द्र बहादुर गुरूङ रहेका छन् । उनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

गुरुङले ती बालिकालाई गत बैशाख १६ गते जबरजस्ती करणी गरेको भन्ने भन्ने सुचनाको आधारमा  इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 बालिकालाई जबरजस्ती करणी गर्ने गुरुङलाई  प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।