मध्य मालीमा १३२ जना सर्वसाधारण मारिए

काठमाडौँ । मध्य मालीको तीनवटा गाउँमा १ सय ३२ जना सर्वसाधारणको मृत्यु भएको छ । तीन गाउँमा सर्जसाधारणको मृत्यु भएको माली सरकारले सोमबार जारी गरेको विज्ञप्तिमा जानकारी गराएका छन् ।

माली अधिकारीहरूका अनुसार, डियालासागौ, डियानवेली, डेगुसागौ गाउँहरू र वरपरका ग्रामीण समुदायहरूमा जुन १८ देखि १९ जुनसम्म भएका बर्बर आक्रमणहरुमा यी सवै मारिएको जानकारी गराएका छन् । नरसंहारका धेरै अपराधीहरूलाई औपचारिक रूपमा पहिचान गरिएको छ, जो अमाडो कौफाको कातिबा मासिनाका लडाकूहरूको हिस्सा भएको विज्ञप्तिमा भनिएको छ ।

‘सरकार यी हमलाहरूको घोर भत्र्सना गर्दछ र तिनीहरूका दोषी पत्ता लगाउन र तिनीहरूलाई कानुनी दायरामा ल्याउन आवश्यक सबै उपायहरू प्रयोग गर्ने वाचा गर्दछ’। सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् ।

मालीले सन् २०१२ देखि सुरक्षा, राजनीतिक र आर्थिक संकटको सामना गरिरहेको छ, विद्रोह, जिहादी आक्रमण र अन्तर–समुदायिक हिंसाले पश्चिम अफ्रिकी देशमा हजारौंको हत्या र सयौं हजारौंलाई विस्थापित गदै आएको छ ।