आज प्रधानमन्त्री निवासमा सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौँ । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजे बस्दै छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका प्रेस संयोजक सूर्य किरणले दिएको जानकारी अनुसार समसामयिक विषयमा छलफल गर्न सो बैठक बस्न लागेको बताएका छन् ।

बैठकमा सरकारका सहभागी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्षनेता सहभागी हुँदैछन् ।