बालयौन दुरुपयोग गरेको अभियोगमा बराल पक्राउ

काठमाडौँ । झापामा १४ वर्षीया बालिकालाई बालयौन दुरुपयोग गरेको आारोपमा पक्राउ परेकोे छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका १० खयरडाँगी शान्ती टोल बस्ने ३५ वर्षीय संजिव बराल रहेका छन् । उनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बरालले ती बालिकालाई मेची अस्पताल धुलाबारीबाट मोटरसाइकलमा राखी घरतर्फ लाने क्रममा मेचीनगर नगरपालिका १० नन्दा पेट्रोल पम्प पछाडि लगेर असार ६ गते साँझ बालयौन दुरुपयोग गरेको खुल्नासाथ ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।