सैनिक कार्गो जहाज दुर्घटना, चार जनाको मृत्यु

काठमाडौँ । एक सैनिक जहाज दुर्घटनामा परी कम्तीमा पनि चार जनाको मृत्यु भएको छ ।

रुसको राजधानी मस्कोबाट दक्षिण पश्चिममा पर्ने रियाजान भन्ने सहरमा शुक्रबार बिहान सो जहाज दुर्घटनामा परेको थियो । त्यस दुर्घटना कार्गो विमानको परीक्षण उडानका बेलामा भएको जानकारी गराउको छ । यहाँको सैनिक कार्गो विमान दुर्घटनामा परेको थियो ।

सो जहाज कार्गो जहाज रहेको भए पनि उडानमा कुनै सामान नराखी परीक्षण स्वरुप गरिएको थियो । त्यसैक्रममा दुर्घटनामा परेको र त्यसमा रहेका चार जनाको ज्यान गएको सैनिक अधिकारीले जानकारी दिएका छन् ।

सो दुर्घटनामा परेर घाइते भएका उडान दलका सदस्यहरुलाई अस्पताल पुराएको छ । रुसको रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार रियाजान सहरबाट उडेको केही समयमै जहाज बजार छेउको एक राजमार्गमा परेर दुर्घटना भएको रुसबाट प्राप्त एक समाचारमा सो कुरा बताइएको हो ।