उल्लीखोला छेउमा वृद्ध मृतावस्थामा फेला

काठमाडौँ । गुल्मीमा ९० वर्षीय वृद्ध मृतावस्थामा फेला परेका छन् । सत्यवती गाउँपालिका–७ जोहाङ्ग सोता बस्ने नरहरि भण्डारी सत्यवती गाउँपालिका–६ उल्लीखोलास्थित खोलाको छेउमा मृत फेला परेका हुन् ।

भण्डारी बुधबार दिउँसो ४ बजे घरबाट हिँडेका थिए । साँझसम्म पनि घरमा नआएपछि परिवारका सदस्य र स्थानीयवासीले खोज्ने क्रममा आज बिहान ८ः३० को समयमा खोलाको छेउमा फेला पारेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब निरीक्षक श्यामप्रसाद यादवले जानकारी दिएका हुन् ।