अवैध लागूऔषध ब्राउन सुगर सहित चारजना पक्राउ

काठमाडौँ । कैलालीको धनगढी उपमहानगरपालिका १३ कैलालीगाउँबाट ४ ग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीय राजेन्द्र राना, २१ वर्षीय सुरज राना र २ जना १८ वर्षीय किशोर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले २ जना १८ वर्षीय किशोरलाई जाँच गर्ने क्रममा १ पोका ब्राउन सुगर फेला पारेको हुँदा उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्दा सो कारोबारमा राजेन्द्र र सुरज समेत संलग्न रहेको खुल्न आएको बताए ।

पछि उनीहरूको घरमा समेत जाँच गर्दा उक्त लागूऔषध र नगद ८ हजार १ सय रुपैयाँ सहित उनीहरूलाई पनि पक्राउ गरेको प्रहरीले बताएका छन् ।