नापी कार्यालयका रायमाझीविरुद्ध भ्रष्टाचारको उजुरी दर्ता

काठमाडौँ । भैरहवाको नापी कार्यालय रुपन्देहीमा कार्यरत अमिन टेक बहादुर रायमाझीले जग्गाको कारोबार गर्ने क्रममा सेवाग्राहीसँग ३० हजार घुस मागेको हुँदा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलमा उजुरी दर्ता गरेको थियो ।

आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार आयोगको कार्यालय, बुटवलले रायमाझीलाई सेवाग्राहीबाट तीस हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा मिति २०७९।०२।१७ गते नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको क्रममा नापी कार्यालय, रुपन्देहीका रायमाझीले जग्गा कारोबार गर्न सेवाग्राहीसँग ३० हजार घुस लिएको आयोगले पुष्टि गरेको छ । कार्यरत रायमाझीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा बमोजिम सजाय हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।