काठमाडौँ । तनहुँको बुल्दी खोलामा आएको बाढीले व्यास नगरपालिका– १ स्थित कराङ्गकाठ क्षेत्रका बस्ती र दमौलीको बसपार्क डुब्ने खतरामा पुगेको छ । आइतबार रातिदेखि अबिरल वर्षाका कारण खोला र नदीमा पानीको बहाव बढ्दा खोला तथा नदी आसपास क्षेत्र बसोबास गरेका बस्ती जोखिममा रहेका छन् ।
तनहुँको व्यास नगरपालिका–१ र २ जोड्ने बुल्दीखोलामाथि निर्माण गरिएको कजवेमा पानीको बहाव बढेपछि सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ ।
ऋषिङ्ग गाउँपालिका–१ झापुटारस्थित तनहुँ जलविद्युत् आयोजनाको सक्रियतामा मादीसेती नदी किनारमा लगाइएको तटबन्ध । गतवर्ष नदीमा आएको बाढीले कटान गरेपछि सुरक्षाका लागि तटबन्ध लगाएका कारण वर्षासँगै नदीमा पानीको बहाव बढे पनि यसवर्ष कटान हुनबाट जोगिएको छ ।
रासस
Add Comment