सप्तरीमा १७ वर्षीय किशोरी बलात्कृत

काठमाडौँ । सप्तरीमा १७ वर्षीया किशोरीलाई बलात्कार गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खडक नगरपालिकाक ७ बस्ने ३० वर्षीय देव कुमार राम रहेका छन् । उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार ती किशोरीलाई शनिबार दिउँसो देव कुमारले आँपको बगैँचामा लगी जबरजस्ती बलात्कार गरेको भन्ने खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी छ ।