विर्तासिटी अस्पतालका कर्मचारी मृत फेला

काठमाडौँ । झापाको बिर्तामोड नगरपालिकास्थित पूर्णटङग विर्तासिटी अस्पतालका एक कर्मचारी मृत फेला परेका छन् । अस्पताल परिसरमै रहेको कर्मचारी निवासमा आज बिहान अस्पतालका कर्मचारी ५१ वर्षीय डिल्लीराम बाँस्कोटा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गुरु तिम्सिनाले जानकारी दिएका छन् ।

गौरादह–३ का बाँस्कोटा कार्यालय समयमा नउठेपछि गएर हेर्दा मृत फेला परेको पाइएको प्रहरीले बताएका छन् । प्रहरी निरीक्षक तिम्सिनाका अनुसार उनको शरीरमा कुनै चोटपटक नभएको बताएको छ । यस घटनका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले बताएका छन् ।