नगद चोरी फरार रहेका दुईजान पक्राउ

काठमाडौँ । उदयपुरको त्रियुगा नगरपालिका ३ स्थित उर्जा पेट्रोल पम्पको काउन्टरबाट नगद चोरी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३० वर्षीय रोहित कार्की र २५ वर्षीय मनिस सिलवाल रहेका छन् । उनीहरुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उर्जा पेट्रोल पम्पको काउन्टरको ताला फुटाई नगद ५ लाख ६१ हजार रुपैयाँ चोरी गरी फरार भएका थिए । फरार रहेका जिल्ला प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्ने क्रममा उनीहरूको साथबाट नगद ५० हजार ७ सय रुपैयाँ सहित फेला पारी दुवै जनालाई पक्राउ गरेको प्रहरीले जानकारी गराएको छ ।