राष्ट्रपति भण्डारीद्धारा महालेखा परीक्षकको ६४औं वार्षिकोत्सव उद्घाटन

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले महालेखा परीक्षकको कार्यालयको ६४ औँ वार्षिकोत्सव उद्घाटन गरेकी छन् ।

भण्डारीले समारोहलाई सम्बोधन गर्दै, अभियानका रुपमा बेरुजु फछ्र्यौट गरेपछि बेरुजु राख्न नदिने गरी आर्थिक अनुशासन पालना गरिनुपर्ने बताएकाी छन् । परीक्षकको कार्यालयको प्रतिवेदनले बेरुजु बढिरहेको देखाएकाले बेरुजु फछ्र्यौटलाई अभियानका रुपमा अघि बढाइनुपर्नेमा जोड दिइएकी छन् ।

भण्डारीले महालेखा परीक्षक कार्यालयको वार्षिकोत्सव समारोहको बुधबार उद्घाटनपछि मन्तव्य व्यक्त गरेकी छन् ।

उनीले समारोह कार्यक्रममा उत्कृष्ट कर्मचारीलाई सम्मान समेत गरेकी छन् ।

आर्थिक शुद्धताले नै सुशासन कायम गर्न सहयोग गर्ने भएकाले यसमा सरोकार भएका सबै निकायको ध्यान जानुपर्ने राष्ट्रपति भण्डारीले बताइन् । महालेखापरीक्षकको प्रतिवेदनमार्फत् उठेका विषयलाई केन्द्रीय संसद्, प्रदेशसभा, र स्थानीयसभाले गम्भीर रुपमा लिएर दोहो¥याउन दिनुहुँदैन, सार्वजनिक वित्तीय व्यवहारमा पारदर्शीता हुनुपर्छ, सार्वजनिक वित्त व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रतिवेदनले काम गरेको राष्ट्रपति भण्डारीले बताइन ।