धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु

काठमाडौँ । अविरल वर्षाको कारण स्याङ्जाको गल्याङ–१० डुबिन्डाँडामा आज बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ ।

वर्षाका कारण डुबिन्डाँडाका ढाकाराम भट्टराईको घर नजिकै रहेको कच्ची धन्सार भत्किँदा सोही धन्सारमा सुतिरहेकी १२ वर्षीया रेखा भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी राजिबबहादुर बस्नेतले जानकारी दिएका छन् ।

बिहान ६ बजे धन्सार भत्कदा घाईते भएकी भट्टराईलाई उपचारका लागि गल्याङ लैजादै गर्दा मृत्यु भएको प्रहरीले खनालले जानकारी दिइएको छ । घटनामा परि १६ वर्षीया लक्षमण भट्टराई पनि घाइते भएका छन् ।

गोठ भत्किदा एक भैसी, दुईवटा पाठा पुरिएरको स्थानीयबासी गुरुप्रसाद खनालले जानकारी दिएका छन् । अविरल बर्षाका कारण जिल्लाका अधिकांश ग्रामणि सडक अवरुद्ध भएकाछन् भने जनजीवन पनि प्रभावित भएको छ ।