बीरगंजमा लागु औषध दुरुपयोग सम्बन्धी अन्तरक्रिया कार्यक्रम

काठमाडौँ । बीरगंजमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको आयोजनामा वीरगंज महानगरपालिका वडा नम्बर २४ बहुअरीस्थित शारदा माध्यमिक विद्यालयमा लागू औषध दुरुपयोग तथा ओसार पसार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

ज्योति रुँगटाको सहयोगमा सवारी दुर्घटना न्यूनीकरण कम गर्नका लागि शारदा माविको गेट अगाडी रोड स्पिड ब्रेकर समेत लगाउने कार्यक्रम सम्पन्न भएको ग्रीन सिटी सामुदायिक केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले जानकारी दिएका छन् ।

उक्त कार्यक्रममा विद्यालयका ५ सय जना विद्यार्थीलाई लागू औषध दुरुपयोग तथा ओसारपसार सम्बन्धी जानकारी गराइएको छ ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख ध्रुव दहाल, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक डिल्ली राज सापकोटा, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक विशाल मल्ल, शारदा माविका प्रधानाध्यापक दया कान्त झा, लगायत ग्रिन सिटी सामुदायिक केन्द्रका पदाधिकारी तथा सदस्यहरूको सहभागिता भएका थिए ।