नेप्से परिसूचकको वृद्धि एक दिन पनि टिक्न सकेन

काठमाडौँ । बिहीबार उच्च अङ्कले उकालो लागेको कारोबार मापक नेप्से पसिरसूचक आज भने पुनः ओरालो लागेको छ । शेयर कारोबार मापक नेप्से परिसूचकको वृद्धि एक दिन पनि टिक्न सकेन ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ८.८७ अङ्कले ओरालो लागेर २ हजार २८.७७ अङ्कमा झरेको छ ।  त्यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३.१७ अङ्कले ओरालो लागेर ३८८.६२ मा झरेको छ । 

कूल २ सय २१ कम्पनीका ३६ लाख ६३ हजार २ सय २० कित्ता शेयर १ अर्ब ४५ करोड ९३ लाख १२ हजार १५ मूल्यमा खरिद बिक्री भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । १० उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । व्यापार २५.८१, वित्त ७.१२ र लघुवित्त २९.४८ अङ्कले उकालो लागेको छ । बैंकिङ ८.३२, होटल तथा पर्यटन २२.१८, विकास बैंक ४९.३४, जलविद्युत् ११.२२, निर्जीबन बीमा १८.२६, उत्पादन ३१.४७, अन्य ८.४५, जीवन बीमा ३३.८५, सामूहिक लगानी कोष ०.०९ र लगानी ०.५९ अङ्कले ओरालो लागेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५ करोड ५७ लाख ४७ हजार ८ सय ९३ बराबरको कारोबार गरेको छ । त्यस्तै एसियन लाइफ इन्सुरेन्स ५ करोड २२ लाख ५६ हजार ३ सय २६, नेपाल पुनरबीमा कम्पनी ४ करोड ९० लाख ४८ हजार १ सय ४८, हिमालयन डिस्टिलरी ४ करोड ६२ लाख २ हजार ४ सय ७१ र एनआइसी एसिया बैंक ४ करोड ५१ लाख ३२ हजार ६ सय ५५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएको छ ।

ओरालो लागेको बजारमा आँधीखोला लघुवित्त र सिवाइसिइल लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ, भने नेपाल फाइनान्स ७.७०, मैलुङ खोला जलविद्युत् कम्पनी ६.१७ र किसान लघुवित्तका लगानीकर्ताले ४.८१ प्रतिशतले कमाएको छ । स्ट्यान्डर्ड चार्टड बैंक ४.७७, युनाइटेड इन्सुरेन्स ४.०३, लक्ष्मी लघुवित्त ३.७०, आरबिबी म्युचुअल फन्ड एक ३.६७ र जनरल इन्सुरेन्स कम्पनीका लगानीकर्ताले ३.४२ प्रतिशतले गुमाएको छ ।