काठमाडौँ । चाार वर्षदेखि प्रेम सम्बन्धमा रहेका नीता र हरिहरले असार २४ गते विवाह गर्न लागेका छन् । अभिनेत्री नीता ढुंगाना र ज्योतिषी तथा अभिनेता हरिहर अधिकारीले विवाह गर्ने भएका छन्।
आइतबार उनीहरूको विवाहको कार्ड सार्वजनिक गरेको छ । सार्वजनिक भएको कार्डका अनुसार उक्त मितिमा दरबारमार्गस्थित होटल याक एन्ड यतिमा बिहान १० बजेदेखि वैवाहिक कार्यक्रम सुरु हुनेछ।
उनीहरूको विवाहमा नजिकको आफन्त र परिवारलाई मात्र बोलाइएको छ। उनीहरूले असार २६ गते सोही होटलमा रिसेप्सन पार्टी राखेका छन्।
Add Comment