निरन्तर वर्षा र बाढीले एक सय भन्दा बढीको मृत्यु

काठमाडौँ । बंगलादेशमा केही दिनदेखिको निरन्तर वर्षाका कारण बाढी आएको छ । बाढीका कारण यहाँका १ सय भन्दा बढीको ज्यान गएको बताइएको छ ।

यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँका ६४ ओटा जिल्ला बाढीका कारण प्रभावित भएका छन् । ती जिल्लामा गरी १ सय २ जनाले ज्यान गुमाइसकेका छन् ।


अधिकारीहरुले दिएको समाचारमा गएको मे १७ देखि जुन २८ सम्म बंगलादेशमा देशव्यापी रुपमा वर्षा भएको थियो । त्यतिबेला नै अधिकांश मानिसको ज्यान गएको बताइएको थियो । कतिपय जिल्लाहरुमा पछिल्ला दिनहरुमा पनि बाढीको प्रकोप जारी छ । यहाँ बाढीले ल्याएका सर्पले टोकेर, चट्यांग परेर र बाढीले बगाएर धेरैको ज्यान गएको बताइएको छ ।

बंगलादेशका स्वस्थ्य अधिकारीहरुले अहिले पनि यहाँका कतिपय स्थानमा बाढीको प्रकोप जारी रहेको र ठूलो संख्याका मानिसहरु विस्थापित भएका बताइएको छ । बाढी प्रभावितहरुको उद्धार र सहयोगका लागि ठूलो संख्यामा सहायताकर्मी र प्रहरी परिचालन गरिएको बताइएको छ । अघिल्लो हप्ताको बाढीले दर्जनौँ स्थानका बाटो बगाइदिएको छ ।

त्यस्तै बिजुली र खानेपानीका संरचनाहरु पनि बाढीले भत्काइदिएको छ । ती संरचना निर्माणको काम भइरहेको अधिकारीहरुले बताएका छन् । प्रकोप व्यवस्थापन सम्बन्धी मन्त्री इनामुर रहमानले सरकारले बाढी पीडितहरुको उद्धार गर्न र भत्किएका संरचनाहरु बनाउनका लागि ठूलो संख्यामा प्रहरी र उद्धारकर्मी परिचालन गरेको बताइएको छ ।