विभिन्न नौ वाट पसललाई कारबाही

काठमाडौँ । पर्साको वीरगञ्जस्थित वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले बारा कलैयाका विभिन्न ९ वाट पसललाई कारबाही गरेको छ । उपभोक्तालाई ठगी गरेको आरोपमा अनुगमनको क्रममा खरिद बिल देखाउन नसक्ने ती पसललाई पाँचदेखि १० हजारसम्म जरिवाना गरी कारबाही गरिएको कार्यालयको सूचना अधिकारी दिलीप खङ्गले जनकारी दिएका छन् ।

कार्यालय प्रमुख एवं निरीक्षण अधिकृत नमोनाथप्रसाद यादवको नेतृत्वको जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, उद्योग वाणिज्य सङ्घ बाराको प्रतिनिधिसहितको टोलीले कलैया बजार अनुगमन गरेका थिए ।

अनुगमन टोलीलाई खरिद बिल नदेखाउने कलैयाका पोशाक इम्पोरियम र खुश्बु साडी सेन्टरलाई रु २०, २० हजार, न्यू नबिन बस्त्रालयलाई रु १० हजार, जवाहरलाल हार्डवेयर, गौरीशङ्कर सप्लायर्स, चौधरी किराना पसललाई रु पाँच–पाँच हजार, प्रियङ्का रेडिमेड जेनरल स्टोरलाई १० हजार, जयबाबा अमरनाथ किराना भण्डारलाई ३ हजार र श्रीक्यान बस्त्रालयलाई जरिवाना गरिएको कार्यालयका प्रमुख यादवले जानकारी दिए । अनुगमन टोलीले उक्त जरिवाना रकम सात दिनभित्र राष्ट्रिय वाणिज्य बैंकमा दखिला गरी भौचर कार्यालयमा पेश गर्न निर्देशन दिएको छ ।