काठमाडौँ । पहिरो खसेर एकजनाको मृत्य भएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका– ७ डौरीखोला नजिक सुख्खा पहिरो खस्दा एक बटुवाको मृत्यु भएको हो । मृत्यु हुनेमा अछामको तुर्माखाँद गाउँपालिका– ६ रानीवनका अन्दाजी ७८ वर्षीय अमृता जैसी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिइएको छ ।
पहिरोमा परी गम्भीर घाइते ७२ वर्षीय रती कामीको टाउको, निधारमा गम्भीर चोट लागेको छ । उनीहरु अछाम रानीवनबाट कैलालीतर्फ जाँदै थिए । नेपाली सेनाको पश्चिम बेस क्याम्पले हेलिकोप्टरबाट घाइतेको उद्धार गरी वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालमा पु¥याएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले पहिरो खस्ने क्रम नरोकिएपछि उद्धारमा कठिनाई भएको बताएका छन् ।
Add Comment