आजा पनि नेप्से परिसूचक उच्च अङ्कको ओरालो

काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४६.०८ अङ्कले ओरालो लागेर २ हजार ३०.५९ मा झरेको छ ।

आजा कारोबार भएको ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.७१ अङ्कले ओरालो लागेर ३८७.२३ भएको छ । कूल २ सय २९ कम्पनीको ८६ लाख १३ हजार ४ सय ८९ कित्ता शेयर २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार २ सय २४ मूल्यमा खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । बैंकिङ १७.१७, व्यापार ८५.१८, होटल तथा पर्यटन ७८.७६, विकास बैंक १००.९४, जलविद्युत् ५२.२३, वित्त ५६.६१, निर्जीवन बीमा २३९.८७, उत्पादन १४५.३५, अन्य ६०.२७, लघुवित्त ११३.०३, जीवन बीमा २१५.९२, सामूहिक लगानी कोष ०.१८ र लगानी २.२८ अङ्कले ओरालो लागेको छ ।

कारोबारका आधारमा सानिमा बैंकको संस्थापक शेयरको बिक्री शीर्ष स्थानमा छ । सो बैंकको रु ३० करोड २० लाख बराबरको कारोबार भएको छ । अरुण काबेली पावर ११ करोड ८२ लाख ६८ हजार ५ सय ९९, शिवम् सिमेन्ट रु १० करोड ६० लाख ७५ हजार ३ सय ५, हिमालयन डिस्टिलरी रु १० करोड २१ लाख ६५ हजार ५ सय ६८ र माथिल्लो कर्णाली जलविद्युत् कम्पनी ८ करोड ५७ लाख १८ हजार १ सय ३० बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।

सिवाइसीएल नेपाल लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । न्यादी गु्रप पावर ९.९७, आँधी खोला लघुवित्त ९.६१, स्वाभिमान लघुवित्त ८.१० र युनियन हाइड्रोपावरका लगानीकर्ताले ५.३७ प्रतिशतले कमाएको छ ।

त्यस्तै, घलेम्दी हाइड्रोपावर ६।६०, दिव्यश्वरी हाइड्रोपावर ५।९२, अजोड इन्स्योरेन्स ५।८६, सिइडिबी हाइड्रोपावर ५।७५ र शिवम् श्री हाइड्रोपावरका लगानीकर्ताले ५।६० प्रतिशतले गुमाए ।