माधव नेपाल भन्छन्, एमालेसँग एकता असम्भव

काठमाडौं । एमालेबाट विभाजन भएर गएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा नेकपा एमालेसँगको सहकार्य सम्भव नभएको स्पष्ट पारेका छन्।

बुटवल पुगेका नेपालले पार्टी निकट पत्रकारहरुको संस्था समाजवादी प्रेस संगठनले आयोजना गरेको गरेको पत्रकार सम्मेलनमा नेपालले एमालेसँग गठबन्धन गर्नका लागि ढोका बन्द गरेको भन्दै आगामी निर्वाचनमा सहकार्य सम्भव नभएको बताएका हुन्।

अहिलको पाँच दलीय गठबन्धनले मुलुकलाई जोगाउने काम गरेकाले संघ र प्रदेशको निर्वाचनमा पनि सहकार्य जारी रहने भन्दै नेपालले निर्वाचनको मिति घोषणा भएलगत्तै सहि नीति र दृष्टिकोण बोकेर पार्टी जनतामा जाने तयारी गरेको उनले बताए।

आफूहरुले एमालेबाट गरेको विद्रोहको औचित्य पुष्टि भएको जिकिर गर्दै उनले गलत प्रवृत्तिले गर्दा भएको हानी नोक्सानीको सबैले समीक्षा गर्नुपर्ने बताए।

उनले राष्ट्रिय हित र सुरक्षालाई केन्द्रविन्दुमा राखेर छिमेकी र अन्य मुलुकसँगको सम्बध विस्तार गर्नुपर्नेमा समेत जोड दिए।