चुनाव हारेका सिटौला बोलनन्

२५ मंसिर, झापा । झापा – ३ बाट राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनसँग पराजित कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पत्रकारसँग प्रतिक्रिया दिन अस्वीकार गरेका छन् ।
चुनाव हारे लगत्तै काठमाडौं फर्कन भद्रपुर एयरपोर्टमा रहेकाबेला स्थानीय सञ्चारकर्मीले चुनावको प्रतिक्रिया लिन खोज्दा उनले अस्वीकार गरे । ‘कसैसँग बोल्ने मुड छैन,’ उनले कुरा टुंग्याउँदै भने, ‘फाउको मान्छे होइन म, बाटोमा भेटेकै भरमा प्रतिक्रिया दिने ।’
चुनावी विजयसभाका लागि गृहजिल्ला आउँदै गरेका एमाले अध्यक्ष केपी शर्मा ओली पनि सोही समयमा फर्किए पनि दुई नेताबीच भेट भएन । ओली आएको यति एयरलाइन्सबाटै सिटौला फर्किए ।
एमाले, माओवादी केन्द्रसमेतको समर्थन पाएका राप्रपा महामन्त्री लिङदेनले १३ हजार ४ सय ५८ मतान्तरमा सिटौलालाई हराएका थिए ।