नेप्से परिसूचक ५.८७ अङ्कले गिरावट

काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ५.८७ अङ्कले ओरालो लागर २ हजार ४४.७२ मा झरेको छ ।

ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक ०.८६ अङ्कले ओरालो लागेर ३९१.६४ मा कारोबार भएको छ । कूल २ सय २५ कम्पनीको ३९ लाख ८ हजार ३ सय ९५ कित्ता शेयर १ अर्ब ६४ करोड २६ लाख ४८ हजार ५ सय ८७ मूल्यमा खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूह मध्ये दुई उपसमूहको शेयर मूल्य उकालो लागेको छ, भने ११ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु २९ खर्ब १९ अर्ब ७४ करोड १२ लाख २० हजार ६ सय ७१ बराबर कारोबार भएको छ ।

कारोबारका आधारमा शिव्म सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु १७ करोड ८० लाख बराबरको कारोबार गरेको छ । यस्तै, एनआइसी एशिया बैंक रु ११ करोड २२ लाख ६२ हजार ८ सय ५०, नेपाल पुनरबीमा कम्पनी ६ करोड २८ लाख २४ हजार ६ सय ३६, हिमालयन डिस्टिलरी ६ करोड २ लाख ४९ हजार ७ सय ७० र नेपाल एसबीआई बैंक ४ करोड १२ लाख ५ हजार २ सय १४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएको छ ।

नेप्सेका अनुसार सेन्ट्रल फाइनान्स कम्पनी ३.१६, जनउत्थान सामुदायिक लघुवित्त २.७४, ग्लोबल आइएमबई बैंकको ऋणपत्र २.७२, नेशनल माइक्रोफाइनान्स २.५७ र गुराँस लघुवित्तका लगानीकर्ताले २ प्रतिशतले कमाएको छ । त्यस्तै, आइसीएफसी फाइनान्सको ऋणपत्र ६.७१, किसान लघुवित्त ५.३५, साधाना लघुवित्त ४.४५, सामुदायिक लघुवित्त ३.८३ र लाइफ इन्स्योरेन्स कर्पोरेशनका शेयरधनीले ३.७२ प्रतिशतले गुमाएका छन् ।