बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले बैठक सुरु भएको जानकारी दिइएका हुन् ।

बैठकमा गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरू सहभागी भएका छन् । मङ्सिर ४ गतेका लागि हिजो प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति तोकिएसँगै पहिलो पटक गठबन्धनको बैठक बसेको हो ।

बैठकले मङ्सिर ४ मा हुने निर्वाचनमा चुनावी तालमेल र सिट बाँडफाँड गर्नका लागि आवश्यक गृहकार्य गर्न कार्यदल गठन गर्ने तयारी गरेको बताइएको छ । गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन् ।