बाघको छालासहित चार पक्राउ

कामठाडौँ । कैलालीमा बाघको छालासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जोरायल गाउँपालिका वडा नम्बर २ का समिर ओली, चुरे गाउँपालिका वडा नम्बर ६ का टेकबहादुर रावत, धिरेन्द्र रावत र बैतडी डिलासैन गाउँपालिका वडा नम्बर २ का राजेन्द्र सिंह भण्डारी रहेका छन् ।

गए राति १२ बजेतिर कैलालीको गोदावरी नगरपालिकाबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिइएको हो । उनीहरूको साथबाट एक थान बाघको छाला र २ किलो बाघको हड्डी बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेशप्रकाश जोशीले जानकारी दिइएका छन् ।

पक्राउ परेका सबैलाई थप कारबाहीका लागि डिभिजन वन कार्यालय कैलाली पठाइने प्रवक्ता जोशीले बताए ।