रानीपोखरी पुर्ननिर्माण सार्वजनिक सुनुवाईमा बवण्डर

काठमाडौं । ऐतिहासिक धरोहरका रुपमा रहेको रानीपोखरी पुर्ननिर्माणका लागि आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय बासिन्दा लगायत सरोकारवाला निकाय प्रतिनिधिहरुले अध्यया विशेषज्ञ समितिलाई भ्रष्टाचार ढाकछोप गर्न गरिएको नाटक भन्दै बबण्डर बताएका छन् ।
करीव एक सय स्थानीय बासिन्दा उपस्थित रहेको सो कार्यक्रममा सार्वजनिक सुनुवाई हुँनु पूर्व नै पाँच करोड सकिएको भन्दै सो रकम कसले व्यहोर्ने भन्दै प्रश्न गरेका थिए । उनीहरुले पुरातत्व विभागमा बसुन्जेल केही नगर्ने अहिले भत्ता पचाउनका लागि मात्र विशेषज्ञ बनी टोपलेको समेत आरोप लगाएका थिए ।