कान्तिपुर र सर्वोच्चको वार आज आइतबार पेशी

काठमाडौँ,फागुन   । सर्वोच्च अदालतले अवहेलनासम्बन्धी मुद्दामा कान्तिपुर मिडिया ग्रुपको पेशी आइतबारका लागि तोकेको छ ।

घटनाक्रम नियाल्दा दुवै पक्ष आ–आफ्नो ‘पोजिसन’ मा बसेजस्तो देखिन्छ । 

प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले  बयानका लागि आज पेशी तोकेको हो ।

कान्तिपुरको ग्रुप बयान दिनका लागि उपस्थित भए पनि समयाभावका कारण बयान लिन नभ्याइएपछि यही फागुन २० गतेका लागि पेशी तोकिएको थियो ।

फागुन १३ गते अदालतले कान्तिपुर मिडिया ग्रुप लाई अदालतको अवहेलनासम्बन्धी मुद्दामा ७२ घण्टाभित्र बयान दिनका लागि उपस्थित हुन आदेश दिएको थियो ।

प्रधानन्यायाधीश पराजुलीको जन्ममितिसम्बन्धी समाचारलाई लिएर अधिवक्ता तोयनाथ ढुंगानाले दायर गरेको अवहेलनाको मुद्दामा सुनुवाइपछि अदालतले सो आदेश दिएको थियो ।

प्रधानन्यायाधीश पराजुलीका फरक फरक जन्ममितिका विषयमा प्रश्न उठ्ने गरेको छ । तर, त्यसको स्वतन्त्र छानविन चाहिँ भएको छैन् ।

अदालतले बयानका लागि म्याद नगुज्रने गरी ७२ घण्टाभित्र ग्रुपका अध्यक्ष कैलाश सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया, प्रधानसम्पादक सुधीर शर्मा र समाचारदाता  कृष्ण ज्ञवालीलाई उपस्थित हुन भनेको छ ।
कतिपयबाट प्रधानन्यायधीस पराजुलीमाथि महाअभियोग लगाउनुपर्नेसम्मका माग पनि हुन थालेका छन् ।

पुराजुलीले राजीनामा नगरेर फागुन २९ बाट फेरि अनशन बस्ने डा गोविन्द केसीले बताईसकेका छन् ।

डा.केसीले पराजुलीको तत्काल राजीनामा नआए महाअभियोग लगाउनपर्ने माग राखेका छन् ।

तर, केसी आफैका पनि फरक-फरक जन्ममिति बाहिर आएका छन् ।

यो घटनाले न्यायलय–कान्तिपुर ‘वार’ देखिएको छ ।

यदि आज अपहेलना सम्बन्धी मुद्दामा सर्वोच्चले मिडिया विरुद्ध फैसला दियो भने मिडिया र न्यायलयवीचको तनाव बढ्न सक्छ ।