निहारिका भेटेका बालेन साह भन्छन्, ‘के नै पो मागेको रैछ र?

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले राष्ट्रपति भवन अगाडि आत्मदाह गर्न खोजेकी निहारिका राजपूतलाई भेट गरेका छन् । शुक्रबार राजपूतले आत्मदाह गर्न खोजेपछि प्रहरीले केही समय नियन्त्रणमा लिएर शिक्षण अस्पतालमा उपचारका लागि पु¥याएको थियो ।

त्रिवि शिक्षण अस्पतालमा उपचार गरिरहेकी निहारिकालाई बालेनले भेट गरेको उनले प्रयोग गर्ने सामाजिक सञ्जाल फेसवुकबाट उनैले पुष्टि गरेका छन् ।

फेसवुक पेज मार्फत बालेनले राज्यले निहारिकामिाथ अत्याचार गरिरहेको बताउँदै उनले के नै पो मागेको रैछ र ? भन्ने प्रश्न गर्दै आफ्नो बच्चाको डिएनए टेष्ट गरिदे मात्र भन्दा पनि एउटी आमाले जिउँदै जल्न तयार हुनु पर्ने अत्याचार होइन र ? बालेनले थप प्रश्न गरेका छन् ।

बालेनले सामाजिक सञ्जाल मार्फत निहारिकाको पक्षमा आफ्नो भनाई राख्दै भनेका छन् । ‘यो अत्याचार हो । कानुनी राज्य यस्तो हुँदैन, अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन । ’