स्रोत नखुलेको नगद र सुन सहित दुई पक्राउ

काठमाडौँ । बरहथवा नगरपालिका ११ हिरापुर ब्यारेजस्थित सडकबाट स्रोत नखुलेको नगद ३६ लाख रूपैयाँ तथा २ सय ३३ ग्राम २ सय ८० मिलिग्राम तौल बराबरको सुनको सिक्री १ थान र ब्रास्लेट १ थान सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा डोटी शिखर नगरपालिका(७ घर भई हाल काठमाडौं कपन बस्ने ३० वर्षीय हर्क बहादुर कठायत र भक्तपुर चाँगुनारायण नगरपालिका(२ दुवाकोट बस्ने ३१ वर्षीय बिशाल खत्री रहेका छन् । 

उनीहरूलाई नाँयारोडबाट हिरापुरतर्फ जाँदै गरेको प्रदेश ०२( ०३३ प ७७५० नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद र सुन सहित फेला पारी पक्राउ गरेको हो ।